Logo

हिमाल आरोहरणमा निर्मलको किर्तिमान : ८ बर्षको रेकर्ड ७ महिनामा नै भंग



काठमाडौं १३ कार्तिक । नेपाली पर्वतारोही निर्मल पुर्जाले ८ हजार मिटर भन्दा अग्ला १४ हिमालको आरोहण सात महिनामै पूरा गरेर विश्व किर्तिान बनाउनु भएको छ । उहाँले आठ वर्ष लगाएर पोलिस आरोहीले सन १९८७ मा बनाएको कीर्तिमानलाई सात महिनामै भंग गरिदिनु भएको हो । चीनले ‘स्पेसल परमिट’ दिएपछि मंगलबार विहान स्थानीय समयअनुसार ८ बजेर ५८ मिनेटमा सिसापाङ्माको शिखरमा पाइला राख्नु भएको थियो ।

उहाँले ८ हजार अग्ला सबै हिमाल १९० दिनमै आरोहण गर्दै कीर्तिमान बनाएका हो । उहाँले सगरमाथा, लोत्से र मकालु हिमाल पाँच दिनमा चढ्नुभएको थियो । सगरमाथा आरोहणसँगै उहाँले डेथ जोनबाट केही आरोहीलाई उद्दार पनि गर्नु भएको थियो । पूर्व गोर्खा सैनिक पूर्जाले ‘प्रोजेक्ट पोसिबल’ नाम दिएर ८ हजार मिटर अग्ला १४ हिमाल चढ्ने अभियान सुरु गर्नु भएको थियो । पर्वतारोहणमा केन्द्रित हुने भन्दै उच्चतहको नेतृत्वमा रहनु भएका पुर्जाले गत वर्ष बेलायती सेना छाडनु भएको थियो ।
कुन हिमाल कहिले चढे ?
२३ अप्रिलअन्नपूर्ण (८,०९१ मिटर), नेपाल
१२ मेधौलागिरि (८,१६७ मिटर), नेपाल
१५ मेकन्चन्जंगा (८,५८६ मिटर), नेपाल
२२ मेसगरमाथा (८,८४८ मिटर), नेपाल
२२ मेल्होत्से (८,५१६ मिटर), नेपाल
२४ मेमकालु (८,४८१ मिटर), नेपाल
३ जुलाईनांगा पर्वत (८,१२५ मिटर), पाकिस्तान
१५ जुलाईगासेरब्रम पहिलो (८,०८० मिटर), पाकिस्तान
१८ जुलाईगासेरब्रम दोस्रो (८,०३५ मिटर), पाकिस्तान
२४ जुलाईके टु (८,६१४ मिटर), पाकिस्तान
२६ जुलाईब्रोड पिक (८,०५१ मिटर), पाकिस्तान
२३ सेप्टेम्बरचो यू (८,१८८ मिटर), नेपाल
२७ सेप्टेम्बरमनास्लु (८,१६३ मिटर), नेपाल
२९ अक्टोबरसिसापाङ्मा (८,०२७ मिटर), चीन



प्रतिक्रिया दिनुहोस्