Logo

ग्याल्पो ल्होसारको अवसरमा मुख्यमन्त्री शाहीको शुभकामना– सांस्कृतिक पर्वले राष्ट्रियता एकता बलियो



कर्णाली, १९ फागुन । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले सांस्कृतिक पर्वले नेपालको राष्ट्रिय एकतालाई सुदृढ बनाउँदै आएको बताएका छन् ।
हिमाली आदिवासी शेर्पा समुदायले मनाउने ‘ग्याल्पो ल्होसार, २०७८’ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले सांस्कृतिक विविधता नेपालको विशिष्ट पहिचान भएको जनाए ।

शेर्पा समुदायको नयाँ वर्ष ‘ग्याल्पो ल्होसार’को अवसरमा स्वदेश तथा विदेशमा बस्दै आउनुभएका सम्पूर्णमा नेपाली आमाबुबा, दाजुभाइ र दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् । पुरानो ध्वजाका ठाउँमा नयाँ ध्वजा राखी नौ प्रकारका अन्न मिसाइएका अन्न खाँदै नयाँ वर्ष स्वागत गरेर मनाउने यस पर्वले नेपालको राष्ट्रिय एकता र सद्भाव कायम गर्न सहयोग पु¥याएको उनले बताए ।

‘यस पर्वले नेपालीहरुमा नयाँ उमङ्गसहित हर्षोल्लास, शान्ति र भातृत्वको सन्देश फैलाउन सकोस् भन्ने उनले कामना गर्नुभएको छ,’ शुभकामनामा भनिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot