Logo

समाजको उन्नयनका लागि महिलाको भूमिका महत्वपूर्णः मन्त्री राई



विराटनगर, १९ फागुन । प्रदेश नं १ का सामाजिक विकासमन्त्री राजन राईले समाजको उन्नयनमा महिलाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सामाजिक विकास मन्त्रालयले आयोजना गर्न लागेको कार्यक्रमबारे आज सरोकारवालाबीच भएको छलफलमा उनले सो कुरा बताएका हुन् ।

मन्त्री राईले महिलामाथि हुने विभेदविरुद्ध हरेक वर्ष मनाइने उक्त दिवसलाई व्यापक र सिर्जनात्मकरुपमा मनाउनुपर्नेमा जोड दिए । आगामी मार्च ८ तारिकका दिन प्रभातफेरी र दीपप्रज्वलन गरी दिवस मनाइने निर्णय भएको उक्त मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले बताए ।

‘सामाजिक न्याय लैङ्गिक समानता, दीगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ फागुन गते बिहान २४ प्रभातफेरी कार्यक्रम विराटनगरस्थित देवकोटा चोबाट सुरु गरिने उनले जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot