Logo

शिखर इन्सुरेन्सले हकप्रद सेयर निस्काशन गर्दै



काठमाडौं, १९ फागुन । शिखर इन्सुरेन्सको चैत १ गतेबाट ३० प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले १ः०३ अनुपातमा ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यसमा माघ २० गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । कम्पनीका लगानीकर्ताले चैत २१ गतेसम्म आवेदन दिन सकिनेछ ।

एनआइबीएल एस क्यापिटल लाजिम्पाट र यसको साखा कार्यलय पुतलिसडक, लगनखेल, पोखरा, वीरगञ्ज, बुटवल र विराटनगरबाट आवेदन दिन सकिने ।

शिखरले हाल कायम १ अर्ब ७५ करोड रुपैयाँ चुक्त पुँजीमा ३० प्रतिशत हकप्रद बिक्री गर्न लागेको हो । उक्त हकप्रद बिक्रीपछि पुँजी २ अर्ब २८ करोड रुपैयाँ पुग्नेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot