Logo

सिद्धार्थ बैंकको बोनस सेयरधनीको खातामा जम्मा, नपाए के गर्ने ?



काठमाडौं, १९ फागुन । सिद्धार्थ बैंकले १४.२५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ ।

बैंकले फागुन १५ गतेदेखि बोनस सेयर डिम्याट खातामा जम्मा गरेको जानकारी दिएको छ ।

अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्ने बैंकले जनाएको छ । त्यसपछिमात्र बोनस जम्मा गरीने बैंकले जनाएको छ ।

सिद्धार्थ बैंकको पुस ३० गते सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट १४.२५ प्रतिशत बोनस सेयर कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot