Logo

मुख्यमन्त्री राईद्वारा ग्याल्पो ल्होसारको अवसरमा शुभकामना



विराटनगर, १९ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले शेर्पा समुदायले मनाउने महान चाड ग्याल्पो ल्होसार पर्वका अवसरमा देश विदेशमा बस्नु हुने दाजुभाइ, दिदीबहिनीसहित सम्पूर्ण नेपालीमा सुख, शान्ति, स्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गरेका छन् ।

प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन मनाइने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार शेर्पा जातीको नयाँ वर्ष हो । प्रकृतिपूजक शेर्पाले यस अवसरमा आफ्ना कूल र प्रकृतिको पूजा गर्ने चर्चा गर्दै उनले सबै भाषा, धर्म, संस्कृति र चाडपर्वको संरक्षण एवं सम्वद्र्धन गर्नु राज्य तथा सम्पूर्ण नेपालीको साझा दायित्व भएको बताए । शुभकामना सन्देशमा उनले हाम्रा जुनसुकै पर्वहरु राष्ट्रिय एकताको माध्यम बन्न सकोस् र यस्ता पर्वबाट सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भन्ने कामना समेत गरेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्