Logo

‘बी’ डिभिजन लिग: आशिषको ह्याट्रिकमा चर्च ब्वाइजको सुखद सुरुवात



काठमाडौं, १९ फागुन । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा चर्च ब्वाइज क्लबले सुखद सुरुआत गरेको छ ।

एन्फा कप्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा टुसाल युथ क्लबलाई ५–२ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले रोमान्चक जित निकालेको हो ।

चर्च ब्वाइजको जितमा आशिष चापागाईले ह्याट्रिक गरे ।

खेलको छैटौं मिनेटमा आशिषले गोल गर्दै चर्च ब्वाइजलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको १६औं मिनेटमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

यस्तै, २१औं मिनेटमा विकाश राईले गोल गर्दै टिमको अग्रता तेब्बर बनाए ।

खेलको ३३औं मिनेटमा ह्याट्रिक पूरा गर्दै चर्च ब्वाइजलाई ४–० को अग्रता बनाए ।

७२औं मिनेटमा टुसालका गिलेस्पी जंग कार्कीले पेनाल्टीमा गोल गर्दै खेल ४–१ को अवस्थामा ल्याए ।

खेलको ८५औं मिनेटमा कुबेर न्यौपानेले गोल गर्दै चर्च ब्वाइजलाई ५–१ को अग्रता दिलाए ।

त्यसपछि खेलको ८९औं मिनेटमा टुसालका उत्तम शाहीले गोल गर्दै खेललाई ५–२ को स्तिथिमा ल्याएपनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

यस जितसँगै चर्च ब्वाइजले ३ अंक जोडेको छ । तस्विरः एन्फा



प्रतिक्रिया दिनुहोस्

Screenshot