Logo

नेपाल बारको निर्वाचनमा गठबन्धन नगर्न डीएलएलाई काँग्रेस नेता कोइरालाको सुझाँव



काठमाडौं, १९ फागुन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए)ले बारको निर्वाचनमा गठबन्धन नगर्न सुझाँव दिएका छन् ।

उनले आज (बिहीबार) सामाजिक सञ्जाल मार्फत यस्तो सुझाँव दिएका हुन् । उनले अन्य संगठनहरुसँग तालमेल गरे डीएलएको पेशागत मर्म र मर्यादामा आँच आउने बताएका छन् ।

उनले लेखेका छन्, ‘बिधिको शासन स्थापना गर्न डेमोक्रेटिक लयर्स एसोसिएसन ९डिएलए० को महत्त्वपूर्ण भुमिका छ। यो लोकतान्त्रिक कानुन व्यावसायीहरुको पेशागत र बौद्धिक संगठन हो। नेपाल बार एसोसिएसनको निर्वाचनमा डिएलए एक्लै प्रतिस्पर्धामा उभिनुपर्छ। अन्य पार्टी निकट संगठनसँग गठबन्धन वा तालमेल गरिनु हुँदैन, यदि यसो गरिए डिएलएको पेशागत मर्म र मर्यादामा आँच आउँछ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot