Logo

सिटिजन लाइफ इन्सुरेन्सले बोलायो साधारण सभा



काठमाडौं, १९ फागुन । सिटिजन लाइफ इन्सुरेन्सले चैत ११ गते चौंथो वार्षिक साधारण सभा बोलाएको छ ।

सभामा कम्पनीले आइपीओ जारी गर्ने मुख्य प्रस्ताव पेश गर्नेछ । सिटिजन्सको जारी पुँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ । यस्तै, चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ छ । कम्पनीले अब ७५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्नुपर्नेछ ।

सभामा, आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा समेत रहेको छ । सभा अलोफ्ट काठमाडौं ठमेल, छाँयादेवी कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot