Logo

पूर्वमुख्यमन्त्री शाहीद्वारा कैदीबन्दीलाई टेलिभिजन सेट सहयोग



सिमकोट, २० फागुन । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जिल्ला प्रहरी कार्यालय हुम्लामा रहेका थुनुवा तथा कैदीबन्दीका लागि टेलिभिजन (टिभी) सहयोग गरेका छन् । उनीहरुको मनोरञ्जनका लागि पूर्वमुख्यमन्त्री शाहीले एक थान टिभी सहयोग गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।

शाही नेकपा (माओवादी केन्द्र) हुम्लाको जिल्ला समन्वय समितिलाई पूर्णता दिनका लागि त्यहाँ पुगेका थिए । सोही अवसरमा जिल्ला प्रहरी कार्यालयभित्र भएका थुनुवा तथा कैदीबन्दीलाई मनोरञ्जनका लागि कार्यालयका प्रमुख हेरम्भ शर्मालाई सहयोग हस्तान्तरण गरेका हुन् । अहिले जिल्ला प्रहरी कार्यालयमा महिला पुरुष गरेर १२ थुनुवा तथा कैदीबन्दी रहेका छन् । रासस Filephoto



प्रतिक्रिया दिनुहोस्

Screenshot