Logo

पाकिस्तानमा थप ९५३ जनामा कोरोना सङ्क्रमण, ११ को मृत्यु



सिन्ह्वा, २० फागुन । पाकिस्तानमा बुधबार थप ९५३ जना कोरोना सङ्क्रमित भएका छन् । गत २४ घण्टामा यहाँ कोरोना सङ्क्रमणका कारण ११ व्यक्तिको मृत्यु भएको नेशनल कमाण्ड एण्ड अपरेसन सेन्टर (एनसीओसी) ले बुधबार जानकारी दिएको छ ।

पाकिस्तानमा हालसम्म १५ लाख १२ हजार ७०७ लाई कोरोना सङ्क्रमण देखापरेको छ । तीमध्ये १४ लाख ५१ हजार ६६५ कोरोना भाइरस मुक्त भएका एनसीओसीले जनाएको छ । हाल पाकिस्तानमा ८९० गम्भीर बिरामीसहित ३० हजार ७९४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण थप ११ को मृत्यु भएसँगै पाकिस्तानमा कोरानाबाट ज्यान गुमाउनेको सङ्ख्या ३० हजार २४८ पुगेको छ ।

पाकिस्तानको दक्षिणी प्रान्त सिन्ध सबैभन्दा बढी कोरोना प्रभावित क्षेत्र हो । यहाँ पाँच लाख ६९ हजार ३३८ जनालाई कोरोना सङ्क्रमण भएको छ । त्यसपछि पूर्वीप्रान्त पञ्जाबमा पाँच लाख २ हजार २६४ कोरोना सङ्क्रमण भएको समाचारमा जनाइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot