Logo

नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलंका प्रस्थान



काठमाडौं, २१ फागुन । युएईमा आयोजना हुने एकदिवसीय सिरिजको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम आज शनिबार श्रीलंका प्रस्थान गरेका छन् ।

नेपाली टोली शनिबार बिहान श्रीलंका प्रस्थान गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

आईसीसी पुरुष विश्वकप क्रिकेट लिग टु अन्तर्गत सिरिजको तयारीका लागि नेपाली टोली श्रीलंका गएको हो ।

श्रीलंकामा नेपाली टोलीले श्रीलंकाको फस्ट क्लास क्लबसँग ४ अभ्यास खेल खेल्ने छन्

नेपाली टोली श्रीलंकाबाटै मार्च १४ मा युएई प्रस्थान गर्ने छन् ।

नेपालले सिरिजमा युएई र पपुवा न्यू गिनी विरुद्ध खेल्नेछ ।

नेपाली टोलीमा सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल,आरिफ शेख, आसिफ शेख, कमल सिंह ऐरी, विवेक यादव, सागर ढकाल, पवन सर्राफ, करण केसी, विनोद भण्डारी, रोहित कुमार पौडेल, सोमपाल कामी, बिक्रम सोब र भिम शार्की रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot