Logo

कांग्रेसले दक्षिणपन्थीको वैशाखी टेक्नु दुःखद्ः केपी ओली



झापा, २१ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका निम्ति लामो सङ्घर्ष गरेको कांग्रेसले दक्षिणपन्थीको वैशाखी टेक्नु दुःखद् भएको टिप्पणी गरेका छन् ।

प्रेस चौतारी नेपाल प्रदेश नं १ को आज विर्तामोडमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

साथै, उनले नेपाली कांग्रेस एमालेसँग लड्ने पाँच घटकमध्ये एक भएको बताउँदै वर्तमान गठबन्धनमध्येका कसैले पनि आउँदो निर्वाचनमा एमालेसँग एक्लै मैदानमा आउने आँट नगरेको टिप्पणी गरे ।

यस्तै, उनले प्रदेश नं १ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिएका छन् ।

प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले मानव सभ्यताभन्दा अघिदेखि नै कोसी नदीको उत्पत्ति भएका कारण प्रदेश नं १ को नाम ‘कोसी प्रदेश’ राख्दा उपयुक्त हुने सुझाव दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्