Logo

ललितपुर प्रकरणः आगो बालेर सुतेका कारण मृत्यु भएको अनुमान



ललितपुर, २३ फागुन । ललितपुरमा एकै घरका पाँच जनाको मृत्यु भएको छ । कोयोसोम गाउँपालिका–४ नल्लुमा टिनको छानो भएको घरभित्र राति आगो बालेर झ्याल ढोका थुनेर सुत्दा अक्सिजन नपुगेर मृत्यु भएको हुनसक्ने घटनास्थल पुगेको चिकित्सकको टोलीले अनुमान गरेको छ ।

महानगरीय प्रहरी परिषद् जावलाखेलका प्रवक्ता सिद्धिविक्रम शाहका अनुसार ५५ वर्षीया काइँली स्याङ्तान, ३३ वर्षीया सुस्मा, नौ वर्षीय आशिष, सात वर्षीया आस्मा र दुई दिनको शिशुको मृत्यु भएको हो । प्रहरीका अनुसार चार जना घरभित्रै र एकको उपचारका क्रममा मृत्यु भएको हो । गम्भीर अवस्थामा रहेका २२ वर्षीय शुभ तामाङको ललितपुरस्थित पाटन अस्पतालमा उपचार भइरहेको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot