Logo

थप ८८ जनामा कोरोना संक्रमण



काठमाडौँ, २३ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा थप ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

२४ घन्टामा ६ हजार १४५ पीसीआर तथा २ हजार ४९३ एन्टिजेन परीक्षण गर्दा ८८ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९४८ पुगेको छ।

यस्तै, आज ३७६ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्