Logo

बलेफी गाउँपालिका अध्यक्ष सहितका नेताहरु काँग्रेस प्रवेश (फोटोफिचर)



काठमाडौं, २४ फागुन । नेकपा एमालेबाट निर्वाचित सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री सहितका नेताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले बफेली गाउँपालिकाका अध्यक्ष क्षेत्रीलाई कांग्रेसमा प्रवेश गराएका हुन् । क्षेत्री एमालेको बागमती प्रदेश सदस्य समेत हुन् ।

क्षेत्रीसँगै, एमाले सिन्धुपाल्चोक जिल्ला सदस्य कृष्ण क्षेत्री, सुवास सन्दास र विष्णु तिमिल्सिना समेत कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई सभापति देउवाले पार्टी सदस्यता समेत दिएका छन् । तस्विरः अजयबाबु सिवाकोटी



प्रतिक्रिया दिनुहोस्

Screenshot