Logo

जापानको विदेश मन्त्रालयद्वारा रुस र बेलारुस विरुद्धको प्रतिबन्ध प्याकेजको विवरण सार्वजनिक



टोकियो, २४ फागुन । जापानी विदेश मन्त्रालयले युक्रेनको अवस्थाको सम्बन्धमा रुस र बेलारुस विरुद्ध तेस्रो प्रतिबन्ध प्याकेजको विवरणहरू सार्वजनिक गरेको छ ।

त्यसैगरी अन्य २० रुसी र १२ बेलारूसी नागरिकहरू विरुद्ध व्यक्तिगत प्रतिबन्धहरू समेत लगाएको छ । साथै दुई थप रूसी र १२ बेलारूसी संगठनहरू विरुद्ध पनि प्रतिबन्ध लगाएको छ ।
साथै सशस्त्र बलहरू, कानून प्रवर्तन एजेन्सीहरू र खुफिया संगठनहरू सहित बेलारूसी रक्षा मन्त्रालयको लागि निर्यात प्रतिबन्ध लगाइएको छ ।

व्यक्तिगत प्रतिबन्धहरू विशेष गरी क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभ, चेचेन नेता रमजान कादिरोभ, व्यापारी बोरिस रोटेनबर्ग र अलीशेर उस्मानोभ र अन्यमाथि लगाइएको हो ।

जापानले रुसलाई तेल प्रशोधन गर्ने उपकरण निर्यातमा पनि प्रतिबन्ध लगाएको जापानी विदेश मन्त्रालयले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot