Logo

जसपा केन्द्रीय सदस्य सहितका नेताहरु एमालेमा प्रवेश, अध्यक्ष ओलीले गरे स्वागत



पोखरा, २४ फागुन । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य देवी सुवेदी सहित थुप्रै नेता÷कार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

आज गण्डकी प्रदेश कमिटीद्वारा पोखरामा आयोजित कार्यक्रममा जसपाका ९ केन्द्रीय सदस्य, १३ जना प्रदेश पदाधिकारी तथा सदस्य, १२ जना जिल्ला सदस्यका साथै भातृसंगठनका तीनजना अध्यक्षसहितले नेकपा (एमाले) मा प्रवेश गरेको नेकपा (एमाले)का प्रचार विभाग प्रमुख विष्णु रिजालले जानकारी दिएका छन् ।

पार्टी प्रवेश गर्नेहरुलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका हुन् ।

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य देवी सुवेदी र संविधान सभा सदस्य डिबी नेपालीसहित चार सय सय नेता÷कार्यकर्ता एमालेमा प्रवेश गरेको नेता रिजालको दाबी छ । तस्विरः विष्णु रिजाल



प्रतिक्रिया दिनुहोस्

Screenshot