Logo

नेष्डो लघुवित्तको आईपीओ बाँडफाँड, कतिको हात खाली ?



काठमाडौं, २४ फागुन । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओको बाँडफाँड भएको छ ।

मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँड गर्दा पहिलो चरणमा ७७ हजार ४५६ जनाले १० कित्ताको दरले शेयर पाएका छन् । मंगलवार भएको बाँडफाँट कार्यक्रममा तीन जनाले ११ कित्तासम्म शेयर पाएका छन् ।

यसरी बाँडफाँट गरी बाँकी रहेको तीन कित्ता शेयर दोस्रो चरणमा थप लाई एक र एक कित्ताका दरले बाँडफाँट गरिएको छ ।

कम्पनीको आईपीओ खरीदका लागि आवेदन दिएकामध्य २४ लाख ४९ हजार ६४५ जना आवेदकको भने हात खाली भएको छ ।

विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कम्पनीको आईपीओ खरीदका लागि कुल २५ लाख २७ हजार १०१ जना आवेदकहरुबाट २ करोड ८७ लाख ८१ हजार ५२० कित्ताको माग भएको थियो । कुल आवेदकहरुमध्ये रितपूर्वक नभएका ४ हजार ११६ जनाको आवेदन रद्द भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot