Logo

प्रहरी हिरासतमा रहेका पल शाहलाई गैंडाकोट पुर्याइयो



नवलपरासी, २४ फागुन । नाबालिक गायिका बलात्कार गरेको अभियोगमा अनुसन्धान गर्न प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहलाई इलाका प्रहरी कार्यालय गैंडाकोटमा पुर्याइएको छ ।

किशोरीले आफूलाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता गराएको २ सातापछि तनहुँ प्रहरी हिरासतमा रहेका शाहलाई मंगलबार प्रहरी कार्यालय गैंडाकोटमा ल्याएको प्रहरीले जानकारी दिएको छ ।

बुधबार जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाइने प्रहरीले बताएको छ । नाबालिक गायिकाले फागुन १६ गते गैंडाकोट प्रहरीमा मुद्दा दर्ता गराएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले तनहुँ प्रहरीलाई गत आइतबार पत्र पठाउँदै अनुसन्धानका लागि पल शाहलाई पठाइदिन पत्राचार गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot