Logo

श्रीलंका नेभीमाथि नेपालको दोस्रो जित



काठमाडौं, २४ फागुन । श्रीलंका नेभीविरुद्धको दोस्रो अभ्यास खेलमा नेपालले जित निकालेको छ ।

मंगलबार भएको खेलमा श्रीलंका नेभीलाई ८१ रनले पराजित गर्दै नेपालले दोस्रो जित हात पारेको हो ।

नेपालले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको श्रीलंका नेभी ५ बलमा मात्र १ सय १५ रन बनाउँदा अल आउट भयो ।

नेपालका लागि पवन सर्राफले सर्पाधिक तिन विकेट लिए भने दिपेन्द्र सिंह ऐरीले दुई विकेट लिए । यस्तै, बिक्रम सोब, सन्दीप लामिछाने र कुशल भुर्तेलले समान १÷१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्यतीङ गरेको नेपालले ४३ ओभर ४ बलमा अल आउट हुँदै १ सय ९६ रन बनायो ।

नेपालका दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ६३ रनको योगदान गरे ।

यस्तै भिम शार्कीले २८ तथा विवेक यादबले २६ रन बनाए ।

सोमबार भएको खेलमा नेपालले श्रीलंका नेभीलाई १ सय ११ रनले पराजित गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्