काठमाडौं, २५ फागुन । साताको चौथो दिन प्रि ओपन सेसनमा नेप्से सूचक २.५३ अंकले घटेको छ ।
यससँगै सूचक २५४२.४२ को विन्दुमा अडिएको छ । १० लाख १३ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।
यस्तै, यस सेसनमा १० कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
२० कम्पनीको १२ सय ८६ कित्ता सेयर कारोबार हुँदा कुल ३२ वटा कारोबार भएको छ । साताको तेस्रो दिन मंगलबार बजार बन्द रहेको थियो ।