Logo

सुनको मूल्य हालसम्मकै उच्च, आज कतिले बढ्यो ?



काठमाडौं, २५ फागुन । नेपालमा सुनको मुल्य आज २ हजार ५ सय रुपैयाँले बढेको छ । यो सँगै नेपालमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

हिजो प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा २ हजार ५ सय रुपैयाँले मूल्य बढेसँगै उच्च मूल्यको रेकर्ड तोडिएको हो ।

यसअघि २३ साउन २०७७ मा प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस्