Logo

खप्तड गोल्डकपः पहिलो सेमिफाइनलमा मनाङ र हिमालयन शेर्पा भिड्दै



काठमाडौं, २५ फागुन । पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज बुधबार एक खेल हुँदैछ ।

धनगढी रंगशालामा हुने पहिलो सेमिफाइनल खेलमा मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा भिड्ने छन् । खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ ।

आज दुबै टोली जित निकाल्दै फाइनल पुग्ने लक्ष्यका साथ मैदान उत्रिने छन् ।

प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ भने उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot