Logo

नेपाल हाइड्रोले बोलायो साधारण सभा



काठमाडौं, २५ फागुन । नेपाल हाइड्रो एण्ड इलेक्ट्रिकले १७औं वार्षिक साधारण सभा चैत १६ गतेका लागि बोलाएको छ ।

सभा, कम्पनीको रजिष्टर्ड कार्यालय, बुटवलमा बिहान ११ बजेदेखि सुरु हुँने जानकारी दिइएको छ ।

सभामा आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव रहेको छ ।

यस्तै, आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नुका साथै, कम्पनीको नियमावली संसोधन गर्ने एजेन्डा पनि रहेको छ ।



प्रतिक्रिया दिनुहोस्