Logo

खप्तड गोल्डकपः दोस्रो सेमिफाइनलमा बागमती र फ्रेन्ड्स भिड्दै



धनगढी, २६ फागुन । पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज (बिहीबार) एक खेल हुँदैछ ।

धनगढी रंगशालामा हुने दोस्रो सेमिफाइनल खेलमा बागमती युथ क्लब र फ्रेन्ड्स क्लब प्रतिष्पर्धा गर्दै छन् । खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ ।

आज दुबै टोली फाइनल पुग्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछन् ।

यस खेलको विजेताले उपाधिका लागि मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ ।

प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले २१ लाख नगद तथा उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्