Logo

गरिमा विकास बैंकले बोलायो साधारण सभा, बोनस कति ?



काठमाडौं, २६ फागुन । गरिमा विकास बैंकले चैत १८ गते (शुक्रबार)का लागि साधारण सभा बोलाएको छ ।

सभामा बैंकले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट १६ प्रतिशत बोनस दिने प्रस्ताव पेश गर्दैछ । बैंकले सहारा विकास बैंकलाई प्राप्ति पश्चात कायम चुक्ता पुँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार १०५ रुपैयाँबाट बोनस सेयर घोषणा गरेको हो ।

सभा प्रयोजनको लागि बैंकले चैत ४ गतेदेखि बुक क्लोज गर्नेछ ।

बैंकले अन्य कुनै वित्तीय संस्थामा गाभ्न–गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पेश गर्नेछ छ ।

बैंकको आर्थिक वर्ष २०७७–७८ को नाफानोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा रहेको छ । सभा होटल पोखरा ग्राण्ड पोखरामा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ ।



प्रतिक्रिया दिनुहोस्