Logo

करण र कमलको आक्रामक ब्याटिङमा श्रीलंका पुलिसलाई नेपालले दियो ३३२ रनको चुनौति



काठमाडौं, २६ फागुन । तेस्रो अभ्यास खेलमा श्रीलंका पुलिसलाई नेपालले ३३२ रनको चुनौति दिएको छ ।

टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको नेपालले आक्रामक ब्याटिङ गर्दै निधारित ५० ओभरमा ७ विकेटको नोक्सानीमा ३ सय ३१ रन बनाएको छ ।

नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक ७२ रनको योगदान गरे ।

नेपालका ओपनर आसिफ शेख र कुशल भुर्तेल दुबैले अर्धसतह पुरा गरेर पविलियन फर्किए । ओपनर कुशल भुर्तेल ५७ र आसिफ शखे ५२ रनमा आउट भए । यस्तै, आरिफ शेख ३५ रनमा आउट भए भने विनोद भण्डारीले ३ रन मात्र जोड्न सके । भिम सार्कीले २ तथा पवन सर्राफले ३ रन बनाए ।

करण केसीले अविजित रहँदै ५३ रनको योगदान दिए भने कमल सिंह एरीले अविजित ४५ रन जोडे ।



प्रतिक्रिया दिनुहोस्