Logo

अमेरिकी तल्लो सदनद्वारा युक्रेनका लागि खर्च विधेयक पारित



वासिङ्टन, २६ फागुन । अमेरिकी प्रतिनिधि सभाले बुधबार साँझ संघीय सरकारलाई सेप्टेम्बर ३० सम्म कोष र युक्रेनलाई रुसी सैन्य कारबाहीका क्रममा १३.६ बिलियन डलर सहयोग उपलब्ध गराउन सर्वसुलभ खर्चसम्बन्धी विधेयक पारित गरेको छ ।

विधेयकले सेप्टेम्बर ३०, २०२२ सम्म अमेरिकी सरकारलाई कोष सञ्चालन अनुमति दिनेछ ।

हालको कोष शुक्रबार मध्यरातमा समाप्त हुँदैछ। विधेयकले ७३० बिलियन गैर रक्षा कोष र ७८२ बिलियन रक्षाको लागि र युक्रेनको लागि मानवीय, आर्थिक र रक्षा सहयोग को लागि १३.६ बिलियन विनियोजन गर्नेछ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot