Logo

लोकेश सहितका पाँच युवा क्रिकेट खेलाडी ट्रेनिङकालागि भारत जाने



काठमाडौं, २७ फागुन । नेपालका ५ युवा क्रिकेट खेलाडीहरुले भारतको बैंग्लोरमा क्रिकेट ट्रेनिङ गर्ने भएका छन् ।

युवा खेलाडीहरु लोकेश बहादुर बम, गुल्सन कुमार झा, कुशल मल्ल, देव खनाल र आदिल आमलले जस्ट क्रिकेट एकेडेमीमा अभ्यास गर्ने भएको नेपाल क्रिकेट संघ (क्यान)ले जानकारी दिएको छ ।

खेलाडी विकास कार्यक्रम अन्तर्गत उनीहरुलाई त्यहाँ पठाइने भएको क्यानले जनाएको छ ।

उनीहरु शुक्रबार राति भारत प्रस्थान गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्