Logo

भारतीय क्षेप्यास्त्र पाकिस्तानी भूमिमा खसेको दाबी



एजेन्सी, २७ फागुन । पाकिस्तानी सशस्त्र सेनाले भारतीय क्षेप्यास्त्र आफ्नो भूमिमा खसेको दाबी गरेको छ ।

स्पुतनिक समाचार एजेन्सीले भारतको हरियाणा राज्यको सिरसा शहर नजिकको इलाकाबाट प्रक्षेपण गरिएको सो क्षेप्यास्त्र पाकिस्तानको पञ्जाब प्रान्तको मियाँ चान्नु शहर नजिकै पाकिस्तानी वायुसेनाले भेट्याएको बताएको छ । साँझ ६ः४३ बजे उच्च गतिको उडान भर्दै गरेको सो क्षेप्यास्त्र सेनाले पत्ता लगाएको थियो ।

रुसी समाचार एजेन्सीले पाकिस्तानी सशस्त्र सेनाका प्रवक्तालाई उद्धृत गर्दै बताएअनुसार सो क्षेप्यास्त्रले आफ्नो प्रारम्भिक मार्गबाट अचानक पाकिस्तानी क्षेत्र तर्फ उडेको र पाकिस्तानको एयर स्पेस उल्लङ्घन गरेको थियो।

तर, पाकिस्तानको सो दाबीप्रति भारतले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । रासस



प्रतिक्रिया दिनुहोस्