Logo

परमादेशबाट बनेको पाँच दलीय सत्ता गठबन्धन दुई मुखे भयोः महेश बस्नेत



भक्तपुर, २८ फागुन । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले वर्तमान परमादेशबाट बनेको पाँच दलीय सत्ता गठबन्धन दुई मुखे भएको उल्लेख गर्दै गठबन्धनमा चोर पनि आफै पुलिस पनि दुवै एउटै मान्छे भएको बताएका छन् ।

सूर्यविनायक नगरपालिका–७ गुण्डूस्थित पर्यटकीय स्थान घ्याम्पे डाँडामा निर्माण भएको पाँच हजार लिटर पानी अट्ने पर्यटकीय एवं ऐतिहासिक घ्याम्पो शुक्रवार उद्घाटन गरिएको छ । त्यस ठाउँको नाम घ्याम्पे डाँडा भएपनि घ्याम्पो नुहँदा यसबारेमा आन्तरिक पर्यटकले चाँसो राख्न थालेपछि यहाँको ऐतिहासिकता झल्किने र पर्यटकलाई आकर्षित गर्ने लक्ष्यले निर्माण गरिएको आकर्षक घ्याम्पोको सांसद बस्नेतले उद्घाटन गरे ।

आन्तरिक पर्यटकले चाँसो राख्न थालेपछि यहाँको ऐतिहासिकता झल्किने र पर्यटकलाई आकर्षित गर्ने लक्ष्यले निर्माण गरिएको आकर्षक घ्याम्पोको उद्घाटन कार्यक्रममा बोल्दै नेता बस्नेतले एमालेले गरेको विकासको विरोध गर्ने र जनताले त्यसको प्रतिकार गर्ने बुझेपछि पुनः उक्त विकास गर्नुपर्छ भन्दै माग गर्ने गठबन्धनका पार्टीको गतिविधिहरु भइरहेकाले गठबन्धनका दल दुई मुखे भएको दावी गरे ।

यस्तै, भक्तपुरमा गठबन्धन दलका नेता तथा कार्यकर्ताहरुले एमालेले गरेको विकासलाई अनावश्यक हल्ला फैलाई भ्रम पैदा गर्न खोजिरहेको प्रति सचेत हुन आग्रह गर्दै नेता बस्नेतले जनताले निषेध तथा सडकमा प्रदर्शन गर्ने संकेत पाएपछि गठबन्धनका दलहरुले एमालेले गरेको विकासलाई पुनः गर्नुपर्छ भन्दै हिड्ने गरेको बताए । त्यस्तै एमसीसी चाँहिदैन भनेर सडकमा प्रहरीलाई ढुङगा हान्न लगाउने र सरकार तथा सदनमा एमसीसी चाहिन्छ भने हस्ताक्षर गर्ने दोहोरो प्रवृक्ति समेत गठबन्धनका नेताहरुमा रहेको उल्लेख गर्दै नेता बस्नेतले गठबन्धनका नेता तथा कार्यकर्ताहरुले जनतालाई भ्रम फैलाउने मात्र कामहरु गरिरहेको दावी गरे ।

साथै, उनले भक्तपुरको विकासमा यो पाँचवर्षे स्वर्णयुगको रुपमा रहेको चर्चा गर्दै विकट रुपमा रहेको यो क्षेत्र अहिले विकासले कायापलट भएको बताए । भक्तपुरमा मात्रै आफ्नो पहलमा १५ अर्ब भन्दा बढी बजेट ल्याएर यहाँको विकासबाट मुहार फेरेको बताउदै उहाँले घ्याम्पे डाँडा, रानीकोट क्षेत्र मुख्य पर्यटकको आकर्षण बनेको बताए । यस क्षेत्रमा अहिले करोडौ रकम लगानी गरेर होटलहरु सञ्चालनमा आएको, होटल व्यबसायमा अरबौ लगानी भएको, यहाँ जिप लाइनलगायतको सञ्चालनमा आइसकेको र अब प्याग्लाइडिङ, बन्जि जम्पलगायत पनि सुरु हुन लागेको बताए । पर्यटकीय रुपमानै यहाँको जीवनस्थल उकासिने बताउदै उहाँले भक्तपुर विकासमा देशकै नमूना बनाउन सफल भएको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot