Logo

नेशनल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, बोनस कति ?



काठमाडौं, २८ फागुन । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ३३औं वार्षिक साधारण सभा फागुन २९ गते (आइतवार) हुँदैछ ।

सभाले १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि एक प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, सभाले आव २०७६र७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७र७८ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साथै, सभाले संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना गरी ५ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन २२ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा फागुन १८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । सभा कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाटमा बिहान १०ः३० बजे शुरु हुने जानकारी गराएको हो ।



प्रतिक्रिया दिनुहोस्