Logo

एनआइसी एसिया बैंकले बोलायो बोनस बिनै साधारण सभा, लगानीकर्तामा निराशा



काठमाडौं, २८ फागुन । एनआइसी एसिया बैंकले चैत २० गते वार्षिक साधारण सभा बोलाएको छ । तर, यस वर्ष बैंकले लगानीकर्ताको हात खाली बनाउने भएको छ । बैंकले लाभांश प्रस्ताव बिनै साधारण सभा गर्न लागेको हो ।

यसअघि १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेपनि नियामक नेपाल राष्ट्र बैंकले अस्वीकृत गरपछि प्रस्तावित लाभांश रद्द भएको थियो ।

केन्द्रीय बैंकले क्यापिटल कन्जर्भेसन बफर पर्याप्त नदेखिएको भन्दै लाभांश प्रस्ताव अस्वीकृत गरेको थियो ।

संस्थापक र सर्वसाधरण सेयरधनी समूहबाट ३÷३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा छ । सभा आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि चैत ८ गतेदेखि ७ गतेसम्म बुक क्लोज मिति तोकेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot