सिन्ह्वा, २८ फागुन । चीनले युक्रेनबाट आफ्ना नागरिकलाई स्वदेश फर्काइरहेको जनाएको छ । यसैक्रममा शनिबार मात्र पनि बिहान एक जहाज युक्रेनबाट चीनको हांचाउ आइपुगेको बताइएको छ ।
सो जहाज स्थानीय समयानुसार आज बिहान ९ः५१ मा सो विमान चीनको जेजियान प्रान्तको हांचाउ विमानस्थलमा अवतरण गरेको समाचारमा जनाइएको छ । चीन सरकारका अनुसार यसअघि पनि युक्रेनबाट ९ वटा जहाजमा आफ्ना नागरिक चीन ल्याइ सकिएको छ ।
युक्रेनमा थप चिनियाँहरु रहेका र उनीहरुलाई उद्धार गरी ल्याइने चिनियाँ अधिकारीहरुले जानकारी दिएका छन् ।युक्रेनमा दुई हप्ता अघिदेखि रुसले आक्रमण गरिरहेको छ । रुसले उसको शब्दमा युक्रेनमा विशेष सैनिक कारबाही गरिरहेको छ ।
जसका कारण यहाँको जनजीवन अस्तव्यस्त भएको छ । युक्रेनमा रहेका आफ्ना नागरिकलाई पश्चिमा देशहरुले पनि फिर्ता लगिसकेको जनाएका छन् ।रुसले युक्रेनमाथिको हमला अझै नरोकेकाले यहाँका नागरिकले दिन प्रतिदिन असुरक्षित महसुस गरिरहेका छन् । रासस