Logo

८९ दिनसम्म निरन्तर आन्दोलन, अझैँ पुरा भएन विद्यार्थीको माग (फोटोफिचर)



काठमाडौं, २८ फागुन । पिडित मेडिकल विद्यार्थीहरुले आज (शनिबार)पनि प्रदर्शन गरेका छन् । ८९ दिनदेखि निरन्तर आन्दोलन गर्दै आएका विद्यार्र्थीहरुले आज काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले आफुले पढिरहेको मेडिकल कलेजमा पढ्न सकिने वातावरण नभएको भन्दै विध्यालयबाट स्थानान्तर गर्न माग गर्दै आएका छन् ।

मंसिर २८ गते देखि निरन्तर आन्दोलनमा रहेका विद्यार्थीहरुले आफ्नो माग पुरा नभएसम्म निरन्तर आन्दोन गर्ने बताउँदै आएका छन् ।

उनीहरुले आश्वासन मात्र नदेउँ सरकार पढ्ने वातावरण पनि देउँ, हामी सडकमा कहिलेसम्म ?, विद्यार्थीकोे भविष्यमाथि खेलवाड गर्न पाइदैन् लेखेका प्ले कार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए । तस्विरः मुकुन्द कालीकोटे



प्रतिक्रिया दिनुहोस्