गोदावरी, २८ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) एक्लै चुनाव लड्न तयार रहेको बताएका छन् ।
आज धनगढी विमानस्थानमा आयोजित पत्रकार सम्मेलनमा उनले चुनावमा गठबन्धन भए पनि नभए पनि आफ्नो पार्टी एक्लै चुनाव लड्न तयार रहेको बताए । गठबन्धन आजको आवश्यकता भएको उल्लेख गर्दै उनले आगामी तीनवटै तहको निर्वाचनमा गठबन्धन गरेर जान सकिने बाटो खुला रहेको बताए ।
मन्त्री आलेले स्थानीय तहको निर्वाचनका लागि आफ्नो पार्टी तयारीमा जुटिसकेको समेत बताए । रासस/तस्बिरः मीन ठकुरी÷रासस