काठमाडौं, २९ फागुन । पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ ।
धनगढी रंगशालामा शनिबार भएको फाइनलमा फ्रेन्ड्स क्लबलाई ३–१ गोल अन्तरले हराउँदै मनाङले दोस्रो पटक खप्तड गोल्डकपको उपाधि जितेको हो ।
खेलको २२औं मिनेटमा दिनेशले फ्रिकिकबाट गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, ५१औं मिनेटमा जमोउलले गोल गर्दै फ्रेन्ड्सलाई १–१ गोलको बराबरीमा ल्याए ।
खेलको ७२औं मिनेटमा आफिजले गोल गर्दै मनाङलाई २–१ को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा मौसाले गोल गर्दै मनाङलाई ३–१ को जित दिलाए ।
उपाधिसँगै मनाङले २१ लाख नगद प्राप्त गरेको छ भने उपविजेता फ्रेन्ड्सले १० लाख नगद प्राप्त गरेको छ ।