Logo

इंग्लिस प्रिमियर लिगः रोनाल्डोको ह्याट्रिकमा युनाईटेडको जित



काठमाडौं, २९ फागुन । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले जित निकालेको छ ।

शनिबार राति भएको खेलमा युनाईटेडले टोटेनहमलाई ३–२ गोल अन्तरले हराएको हो । क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकमा युनाईटेडले जित निकालेको हो ।

घरेलु मैदानमा खेलको १२औं मिनेटमा रोनाल्डोले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाए ।

३५औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै टोटेनहमलाई १–१ गोलको बराबरीमा ल्याए । खेलको ३८औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए ।

खेलको ७२औं मिनेटमा युनाईटेडका ह्यारी मग्वाएरले आत्मघाती गोल गरेपछि खेल २–२ को बराबरीमा पुग्यो ।

त्यसपछि खेलको ८१औं मिनेटमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दै युनाईटेडलाई ३–२ गोलको जित दिलाए ।

यस ह्याट्रिकसँगै रोनाल्डोले व्यवसायिक फुटबलमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका छन् ।

जितसँगै युनाईटेडले २९ खेलमा ५० अंक जोडेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot