Logo

हिमालयन जनरल इन्सुरेन्सको साधारण सभा भोली, बोनस कति ?



काठमाडौं, २९ फागुन । हिमालयन जनरल इन्सुरेन्सले लाभाशं प्रस्ताव पारित गर्न फागुन ३० गते (सोमबार) साधारण सभा डाकेको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय थापागाँउ, काठमाडौंमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सुरु हुनेछ । कम्पनीले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट ६.६५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

आर्थिक वर्ष २०७७–७८ को नाफा नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पेश हुनेछ । चालु आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । सभा प्रयोजनका लागि हिमालयन जनरलले फागुन १६ गते एक दिन बुक क्लोज गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot