Logo

प्रि ओपनमा ५.४३ अंकले बढ्यो नेप्से



काठमाडौं, १ चैत । साताको कारोबारको तेस्रो दिन (मंगलबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक ५.४३ अंक बढेको छ ।

आज ५.४३ अंक बढेर २६७३.५५ को विन्दुमा पुगेको हो । सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.७४ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा १२ कम्पनीको १ करोड ३ लाख ९८ हजार १९३ रुपैयाँ बराबरको ६ हजार ७७८ कित्ता शेयर खरिदबिक्री भएको छ।

जसमध्ये १० कम्पनीको मूल्य बढेको छ भने १ कम्पनीको मूल्य घटेको छ।



प्रतिक्रिया दिनुहोस्