Logo

नेसनल हाइड्रोपावरको साधारण सभा चैत ११ गते हुने



काठमाडौं, १ चैत । नेसनल हाइड्रोपावर कम्पनीको फागुन ३० गते स्थगित भएको साधारण सभा चैत ११ गते तह भएको छ ।

सभामा कम्पनीले गत वर्षको नाफाबाट १८.५२५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.९७५ प्रतिशत नगद लाभांश वितरण गर्नै प्रस्ताव पेश गर्नेछ । यस्तै, बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि रहेको छ ।

यस्तै, सभामार्फत ७ जना सञ्चालकहरुको निर्वाचन पनि हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले फागुन १३ गते बुक क्लोज गरिसकेको छ ।

सभा डेलिश ओपेरा रेष्ट्रो एन्ड बैंक्वेट, बालुवाटार काठमाडौंमा दिउँसो १ बजे सुरु हुनेछ ।



प्रतिक्रिया दिनुहोस्