काठमाडौं, १ चैत । साताको कारोबारको तेस्रो दिन मंगलवार नेप्से परिसूचक १७ दशमलव १५ अंक घटेको छ । आज नेप्से परिसूचक २ हजार ६५० दशलमव ९७ विन्दुमा झरेर बन्द भएको हो ।
यस्तै, आज दिनभर ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।
कारोबारमा आएका २२९ ओटा धितोपत्रमध्ये इमर्जिङ नेपालको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९८ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।
त्यसैगरी दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ६ दशलमव ६४ प्रतिशत वृद्धि भएर रू. १ हजार ४१३ कायम भएको छ । मंगलवार सबैभन्दा बढी नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्य ५ दशमलव १३ प्रतिशत घटेको छ ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये होटल एण्ड टुरिजम समूहको ३ दशमलव १६ प्रतिशत, निर्जीवन बीमा समूहको शून्य दशमलव ५६ प्रतिशत, जीवन बीमा समूहको शून्य दशलमव ७२ प्रतिशत र म्युचुअल फण्ड समूहको शून्य दशलमव ६१ प्रतिशत वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको हो ।