Logo

थप ८३ जनामा कोरोना संक्रमण



काठमाडौ, १ चैत । पछिल्लो २४ घण्टामा नेपालमा ८३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ५७ जना र एन्टिजन परिक्षण गर्दा २६ जना गरि जम्मा ८३ जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १३० जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.३ प्रतिशत रहेको छ ।

यस अबधीमा मृतकको संख्या शुन्य रहेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ७४६ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्