Logo

नेपाललाई छैटौं सफलता



काठमाडौं, २ चैत । आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्युगिनीविरुद्ध वलिङ गरिरहेको छ ।

शारजाह क्रिकेट स्टेडियममा जारी खेलमा नेपालले छैटौं विकेट निकालेको छ । पीएनजीका नर्वान भ्यान्यूवालाई दिपेन्द्र सिंह ऐरी र विनोद भण्डारीले रन आउट बनाएका हुन् ।

पहिलो विकेट आरिफ सेखले लिएका थिए भने दोस्रो विकेटको रुपमा कप्तान सन्दीप लामीछानेले लिएका लिए । ज्ञानेन्द्र मल्लले तेस्रो विकेट लिए ।

पीएनजीले ४८औं ओभरमा ६ विकेटको नोक्सानीमा १९३ रन बनाएको छ ।



प्रतिक्रिया दिनुहोस्