Logo

साफ च्याम्पियनसिपः नेपाल आज बंगलादेशसँग प्रतिष्पर्धा गर्दै



काठमाडौं, ३ चैत । भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज बिहीबार बंगलादेशसँग प्रतिष्पर्धा गर्दै छ ।

भारतको जमसेदपुरमा हुने खेल नेपाली समय अनुसार बेलुका ७ः१५ बजे सुरु हुनेछ ।

नेपाल आज पहिलो जितको खोजिमा मैदान उत्रिने छ । तर, बंगलादेश नेपाल भन्दा निके बलियो देखिएको छ ।

पहिलो खेलमा नेपाल आयोजक भारतसँग ७–० गोल अन्तरले पराजित भएको थियो।

डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ ।



प्रतिक्रिया दिनुहोस्