Logo

होलीको दिन बढ्यो सुनको मूल्य



काठमाडौं, ३ चैत । सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ ।

केहि दिनयता लगातार घटेको सुनको भाउ आज भने बढेको हो ।

आज भने तोलामा ५ सय रुपैयाँले बढेर सुनको भाउ ९९ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९९ हजार ३ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २० रुपैयाँले बढेर चाँदी आज १३ सय ९० रुपैयाँमा पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्