Logo

युएईविरुद्ध बलिङ गर्दै नेपाल



काठमाडौं, ४ चैत । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले अहिले यूएईविरुद्ध खेल्दैछ ।

युएईको घरेलु मैदान सारजाहमा नेपालले सुरुआतमा बलिङ गर्ने भएको छ । युएईले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको हो ।

युएईविरुद्ध नेपालले एक खेलाडी परिवर्तन गरेको छ । विनोद भण्डारीको स्थानमा कमल सिंह ऐरीलाई मौका दिईएको छ ।

आज युएईलाई हराउँदै नेपाल सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई २ विकेटले हराएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot