Logo

नेपालको खराब सुरुवात, २७औं ओभरमा सय रन पुरा



काठमाडौं, ४ चैत । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईविरुद्ध ब्याटिङ गरिरहेको छ ।

टस जितेर ब्याटिङ रोजेको यूएईले ४६.३ ओभरमा अलआउट हुँदै १६८ रन बनाउँदै नेपाललाई १६८ रनको चुनौति दिएको थियो । सारजाह क्रिकेट मैदानमा जारी खेलमा नेपालले उत्कृष्ट बलिङ गरेको थियो । तर, ब्याटिङमा भने नेपालले खराब सूरुवात गरेको छ ।

२७औं ओभरको खेल चलिरहँदा नेपालले पाँच विकेट गुमाउँदै सय पुरा गरेको छ ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ४ विकेट लिए भने करण केसीले तिन विकेट लिए ।

यस्तै,सागर ढकाल, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले समान एक÷एक विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्