Logo

गिरिजा प्रसाद कोइरालाको १३औं स्मृति दिवसको अवसर बृहत अन्तक्रिया कार्यक्रम हुने



काठमाडौं, ५ चैत । नेपाली जनसम्पर्क समितिले राष्ट्रिय राजनीतिमा आगामी यात्रा बिषय बृहत अन्तक्रिया कार्यक्रम गर्ने भएको छ ।

शिखर पुरुष स्वार्गिय गिरिजा प्रसाद कोइरालाको १३ औ स्मृति दिवसको अवसरमा समितीले आइतबार अन्तक्रिया गर्न लागेको समितिका सभापति भजिन्द्र क्षेत्रीले जानकारी दिए ।

अन्तक्रिया कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा,विशेष अतिथि सहमहामन्त्री बन्द्री पाण्डे र राजनीतिक विश्लेषक पुरञ्जन आचार्यको सहभागिता रहनेछ ।

छलफल कार्यक्रम आइतबार कोरियाको समय अनुसार सवा १२ बजे र नेपाली समय अनुसार ९ बजे सुरु हुने सभापति क्षेत्रीले जानकारी दिए ।

समितिले कोरिया र नेपालमा रहेका सबैले कार्यक्रयममा जुम मार्फत सहभागिता जनाउन सक्ने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्